चितवन। नारायणगढको लाइन्स चोकमा टिप्परको ठक्करबाट दुई जना घाइते भएका छन् । आज दिउँसो करिब ४:२० मिनेटमा चैबिसकोठिबाट नारायणगढ जादै गरेको ना १ क ९९२३ नम्बरको टिप्परले पैदल यात्रीलाई ठक्कर दिदा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा भरतपुर महानगरपालिका ४ बस्ने एक महिला र पहिचान नखुलेका एक पुरुष रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले जनाएको छ।
घाइते दुबैको उपचार पुरानो मेडिक कलेज चितवनमा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। ठक्कर दिने टिप्पर प्रहरीको नियन्त्रणमा रहेको छ।

