काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई सोमबार हुने भएको छ ।
शनिबार बिहान प्रहरीले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो।
भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखकलाई चैत १४ गते शनिबार पक्राउ गरेको थियो ।
ओलीलाई गैरकानूनी रुपमा पक्राउ गरिएको भन्दै ओली पत्नी राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गर्नुभएको थियो ।

