चितवन। बागमती प्रदेश स्तरीय प्रथम सालक सम्मेलन चितवनको माडीमा सुरु भएको छ।
बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनको संयोजन सम्मेलन सुरु भएको हो ।
प्रदेशको बन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालको अध्यक्षता एवम् बन मन्त्री भरत बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्मेलन सुरु भएको छ ।
सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षण गर्नुपर्ने कारण, अवैध सिकार तथा तस्करीका चुनौती र भावी कार्यदिशाबारे विस्तृत छलफल गरिनुका साथै सालकको वासस्थान तथा आहार संरक्षणका विषयमा छलफल गरिने बताइएको छ । एक दिने सम्मेलनले ‘माडी घोषणा–पत्र’ जारी गर्दै सालक संरक्षणलाई अभियानका रूपमा अघि बढाउने जनाइएको छ ।

