चितवन । भरतपुर – १५ मङ्गलपुरमा टिकटक बनाउने क्रममा एक युवतीको मृत्यु भएको छ ।
भरतपुर–२६, मेघौली घर भई भरतपुर–१५ मंगलपुरस्थित माइती घर आएकी देवराज सुवेदीकी २२ वर्षीया छोरी पार्वती सुवेदी माइती घरअगाडि रोडमा टिकटक बनाउनेक्रममा अचानक ढलेर बेहोस भएकी थिइन् ।
उनको उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याएकोमा डाक्टरले चेकजाँच गर्नेक्रममा मृत्यु घोषणा गरेका हुन् । मृतकको श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ ।

