चितवन । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिले विगतका वर्षहरुझैँ यसवर्ष पनि कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रििय प्रदर्शनी ‘नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो’ माघ २ गतेदेखि ४ गतेसम्म भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गर्ने भएको छ ।
आयोजना हुन गइरहेको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायतका देशका कृषिसम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन् ।
यस प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैँसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बीउबिजन, कृषि तालिम, र वित्तीय सुविधाहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
उक्त प्रर्दशनीमा देश तथा विदेशबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत आमकृषकहरुले प्रदर्शनीमा आधुनिक प्रविधिहरुको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिइएको छ ।
सो प्रदर्शनीको लागि सीमित स्टलहरु बाँकी रहेको छ साथै स्टल बुकिङ तीव्र गतिमा भइरहेको छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना औजारदेखि डेरी मेसिनरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनीलगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुग्ने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा प्रवर्द्धकको भूमिकामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ भने सहयोगी संस्थाको भूमिकामा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, र चितवन उद्योग संघ रहेका छन् ।

