चितवन। चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत शनिबार हात्ती सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ४० वर्षकी पुनम कलीले २५० अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी छन्।
यसैगरी २० वर्षकी हात्तीले २३५ अंकसहित द्वितीय स्थान प्राप्त गर्दा ३५ वर्षकी चम्पा कलीले २२४ अंक ल्याएर तृतीय स्थान हात पारेकी छन्।
प्रतियोगितामा ४० वर्षकी पूजा कली र २६ वर्षकी समृद्धि कली पनि सहभागी थिए। हात्तीको शारीरिक बनावट, हिँडाइ, स्वभाव र समग्र आकर्षणका आधारमा मूल्यांकन गरिएको आयोजकले जनाएको छ।
हात्ती महोत्सव अन्तर्गत आयोजना गरिएको यस प्रतियोगिताले पर्यटन प्रवर्द्धनसँगै हात्ती संरक्षण र उनीहरूप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ।

