चितवन। भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा इट्टा लोड गरेर पार्किङ गरी राखिएको ट्रकमा दुई यात्रुवाहक बस ठोक्किँदा दुर्घटना भएको छ । गए राति भएको दुर्घटनामा ३३ जना घाइते भएका छन् ।
सशस्त्रका सह–प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार अनुसार गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस र जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुवाहक बस क्रमशः ना.६ख ८१३ नम्बरको ट्रकमा ठोक्किएका हुन् । दुर्घटना गएराति करिब पौने २ बजे (१ः४५) भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस सडकमा पल्टिएर बाटो अवरुद्ध भएपछि सशस्त्र प्रहरी निरीक्षक सन्दिप भट्टको कमाण्डमा पुगेको टोलीले उद्धार गरी बिहान २ः५५ बजे एकतर्फी सुचारु गरेको हो । दुर्घटनामा घाइते भएकाहरूलाई तत्कालै उद्धार गरी चितवनका विभिन्न अस्पतालहरूमा उपचारका लागि पुर्याइएको छ ।
घाइतेको अवस्था र उपचार
चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा पाँच जनाको घाइते उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीमध्ये आठ जनाको अवस्था मध्यम रहेको र बाँकी २५ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूमध्ये उदयपुर, धनुषा, रौतहट, महोत्तरी र भारत मोतिहारीका यात्रु रहेका छन् ।
घाइतेहरूको टाउको, खुट्टा र हातमा सामान्यदेखि मध्यम चोटपटक लागेका प्रहरीले जनाएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत २० वर्षका सार्थक बाबु श्रेष्ठ (उदयपुर), ३९ वर्षीय सदाकत मिया (जनकपुर), ५२ वर्षीय नरेन्द्र शाह, ४१ वर्षीय मुकेश कुमार केसरी, १७ वर्षीय समिर अन्सारी लगायतका घाइतेको अवस्था मध्यम रहेको बताइएको छ ।
त्यस्तै, नेशनल सिटी अस्पतालमा उपचाररत अधिकांश घाइतेहरूको अवस्था सामान्य छ भने रौतहट बृन्दावनकी ६२ वर्षीया सुनिता देवी मिश्राको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालमा उपचाररत पाँच जनामध्ये तीन जना रौतहटका र दुई जना धनुषा तथा भारतका नागरिक छन् ।
बस चालक पक्राउ
बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुवाहक बसका चालक धनुषा सहिद नगरपालिका–४ का ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नँया मेडीकलमा उपचारत घाईतेहरु:-
१.जिल्ला उदयपुर त्रियुगा न.पा. १० बस्ने बर्ष २० को सार्थकवाबु क्षेष्ठ, मध्यम (डल्फिन) ।
२.जिल्ला धनुषा जनकपुर उ.मा.न.पा.१७ बस्ने बर्ष ३९ को सदाकत मिया, मध्यम(रुद्राक्ष ) ।
३. जिल्ला धनुषा जनकपुर उ.मा.न.पा. १७ बस्ने बर्ष ५२ को नरेन्द्र शाह, सामान्य (रुद्राक्ष ) ।
४.जिल्ला रौतहट गौर न.पा.५ बस्ने बर्ष ४१ को मुकेश कुमार केसरी, मध्यम (डल्फिन) ।
५.जिल्ला धनुषा जनकपुर उ.म.न.पा. ७ बस्ने बर्ष १७ को समिर अन्सारी, सामान्य (रुद्राक्ष ) ।
६.जिल्ला महोतरी पिपरा गा.पा. १ बस्ने बर्ष ५० की गितादेवी यादव, सामान्य (रुद्राक्ष ) ।
७.जिल्ला रौतहट राजदेवी न.पा.१ बस्ने कुष्ण कमार साह, मध्यम (डल्फिन) ।
८.जिल्ला धनुषा जनकपुर १ बस्ने बर्ष ४६ को बसन्त झा, सामान्य ( रुद्राक्ष)
९. जिल्ला धनुषा जनकपर उ.म.न.पा. ४ वस्ने बर्ष ४९ को मुकेश लालकर्ण, सामान्य ।
१०.जिल्ला धनुषा जनकपर उ.म.न.पा. ४ वस्ने बर्ष ३४ की अन्जु कर्ण, सामान्य ।
११. जिल्ला धनुषा जनकपर उ.म.न.पा. ४ बस्ने आरुष कर्ण, सामान्य ( रुद्राक्ष))
१२. जिल्ला महोतरी पिपरा गा पा १ बस्ने बर्ष ३७ को राम क्षेष्ठ सामान्य ।
१३. जिल्ला रौतहट राजदेवि न पा १ बस्ने बर्ष २० को अनिकेत कुमार साह (डल्फिन ) ।
१४. जिल्ला रौतहट विन्दा वन न.पा. ३ बस्ने बर्ष ११ को आरभ मिश्र, मध्यम (डल्फिन) ।
१५. जिल्ला धनुषा लक्ष्मिमिया गा.पा. ४ बस्ने बर्ष १९ को विधा चौधरी, मध्यम (रुद्राक्ष) ।
नेशनल सिटि अस्पताल भरतपुरमा उपचारत घाईतेहरु:-
१.बा.प्र.०३-००१ख ३९०२ (रुद्राक्ष) नम्बरको बसमा सवार जिल्ला धनुषा जलेश्वर गा.पा.५ बस्ने बर्ष २० को आदित्य कुमार सिंह, सामान्य ।
२. जिल्ला धनुषा जलेश्वर गा.पा.५ बस्ने बर्ष ४३ की रेखा सिंह, सामान्य ।
३. जिल्ला धनुषा जलेश्वर गा.पा.५ बस्ने बर्ष २१ की अञ्जली सिंह, सामान्य ।
४. प्रदेश३-०३-००१ख ०१२३ नम्बरको बसमा सवार देश भारत मोतिहारी बस्ने बर्ष ३२ को सुनिल प्रसाद, सामान्य ।
५.देश भारत मोतिहारी बस्ने बर्ष २५ की सुभद्रा कुमारी चौधरी सामान्य ।
६.देश भारत मोतिहारी बस्ने बर्ष ७ की पृया जैशवाल, सामान्य ।
७. देश भारत मोतिहारी बस्ने बर्ष ४ की कृती जैशवाल, सामान्य ।
८.जि.धनुषा जनकपुर न.पा.८ बस्ने बर्ष २८ को आलोक कुमार राउत, सामान्य ।
९.जि.रौतहट राजदेवी न.पा.२ बस्ने बर्ष २१ को मोनु कुमार महत्तो,सामान्य ।
१०.जि.रौतहट गौर न.पा.९ बस्ने बर्ष ६६ की गम्भिरादेवी ठाकुर, सामान्य ।
११.जि.रौतहट गरुडा न.पा.७ बस्ने बर्ष ५० को बिजय साह,सामान्य ।
१२. जि.रौतहट गरुडा न.पा.७ बस्ने बर्ष ४० की उर्मिला कुमारी साह, सामान्य ।
१३.जि.रौतहट बृन्दावन न.पा.३ बस्ने बर्ष ६२ की सुनितादेवी मिश्रा,मध्यम ।
भरतपुर सरकारी अस्पतालमा उपचारत घाईतेहरु:-
१.जि.रौतहट दुर्गावती गा.पा.२ बस्ने बर्ष ३० को राजकिशोर दास, सामान्य ।
२. जि.रौतहट दुर्गावती गा.पा.२ बस्ने बर्ष २५ को राजु दास, सामान्य ।
३.देश भार मोतिहारी बस्ने बर्ष २२ को महमद साहेब,सामान्य ।
४.जि.रौतहट माधवनारायण न.पा.५ बस्ने बर्ष १९ को रोशी कुमार साह, सामान्य ।
५.जि.धनुषा लक्ष्मीनिया गा.पा.४ बस्ने बर्ष १९ की दिब्या चौधरी, मध्यम ।
जम्मा घाईते:-३३ जना
मध्यम:-८
सामान्य:-२५

