विराटनगर। धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खसेको छ । तमोर नदी क्षेत्रमा जीप खस्दा ६ जनाको मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म घटनास्थलबाट पाँचजनाको शव निकालिएको छ भने अर्को एउटा शव निकाल्ने तयारीमा छ । उनका अनुसार ६ जना घाइते भएको र तीमध्ये एक जनालाई उपचारका लागि फिदिम पठाइएको र बाँकी पाँच जनालाई धरान पठाइएको छ।

