जनकपुरधाम । जनकपुरधाममा माता दुर्गाको मूर्ति सेलाउने क्रममा दुई समुदायकाबीच भएको झडपको कारण हिजो बेल्ुकादेखि जारी निषेधाज्ञा आज पनि जारी रहेको छ ।
हिजो माता दुर्गाको मूर्ति सेलाउन जाने क्रममा जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं २० देवपुरा रुपैठामा दुई समुदायबीच भएको झडप पश्चात् उत्पन्न अवस्थालाई साम्य पार्न स्थानीय प्रशासनले हिजो साँझ साढे ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गर्नु भएको निषेधाज्ञा आदेश अनुसार जनकपुरधाम वडा नंं २० देवपुरा रुपैठाको पूर्वतर्फ लोहना जाने बाटो, पश्चिमतर्फ बसहिया जाने बाटो, उत्तर तर्फ बाबा पेट्रोल पम्प (सिक्सलेन) र दक्षिण तर्फ गंगुली पुलसम्म निषेधाज्ञाको चार किल्ला तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय, प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा ३(क) बमोजिम अनिश्चित् कालका लागि निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख रहेको छ ।
निषेधाज्ञा आदेशमा यस अवधिमा व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा, आगजनी, तोडफोड जस्ता कार्य गर्न नपाउने प्रमुख जिल्ला अधिकारी आचार्यले जारी गर्नु भएको सूचनामा उल्लेख रहेकये छ । स्थानीय प्रशासनको आदेशको उलङ्घन गरे वा लागु गराउने कार्यमा अवरोध गर्नेलाई कानून बमोजिम कारबाही हुने पनि सूचनामा रहेको छ ।

