चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मंगलबार राति इच्छाकामना गाउँपालिका– ४ घोप्टेभिर, वडा नं. ५ तुइनखोला र वडा नं. ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो । बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो । तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो ।
पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

