चितवन । चितवनको इच्छाकामना ४ कुरिनटारमा सवारी दुर्घटना हुदाँ १३ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिका अनुसार आज साँझ ५ : ३० बजे काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेका बा ४ ख ८४१२ नम्बरको माइक्रो रोकिराखेको मिनी ट्रकमा ठोक्किदाँ माइक्रोमा सवार १३ जना घाइते भएका हुन् ।
घाइतेहरुको इच्छाकामना आधारभूत अस्पताल कुरिनटार र ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

