मेष: धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। तपाईंको स्टाइलको प्रशंसा हुनेछ। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
वृष: भाग्यले विभिन्न अवसर जुराउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। धर्मकर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ। घरपरिवारको समर्थनले नयाँ ऊर्जा दिनेछ। सवारीसाधन प्राप्तिको योग छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।
मिथुन: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कार्यमा मन जाला। बोलीको प्रभाव बढ्दै जानेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। मन परेको सामान खरिद गरिनेछ। मित्रबाट उपहार प्राप्त होला। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।
कर्कट: रमाइलोपछि भयको वातावरण बन्नेछ। नियमित खर्चसमेत बढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्ला। बाधा फुकाउने उपाय पनि जुर्नेछ। घरमा पाहुना आउलान्। विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।
सिंह: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धर्मकर्म तथा समाजसेवामा मन जानेछ। रोकिएको वैदेशिक कार्य सुचारु हुनेछ। अरू काम पनि सुरु हुनेछन्। सानातिना बाधा आइलागे पनि काम रोकिने छैन। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
कन्या: सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ। स्वास्थ्यको ख्याल गर्नु पर्ला। आजको मन्त्र- विवेक र लगनले सफलता आफैँ बोलाउँछ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।
तुला: स्वादिष्ट भोजनको आनन्द पाइनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। मित्रबाट विशेष सहयोग होला। मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६७, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ।
वृश्चिक: कमजोर भएको अनुभूति हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। जिद्दीपनले गर्दा काम बिग्रने डर छ। स्वास्थ्यमा समस्या आउन सक्छ। आफन्तको साथ र सल्लाह पाइनेछ। घरमा अतिथिको आगमन हुनेछ। बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ।
धनु: कागजी प्रक्रियाको उल्झन हट्नेछ। नयाँ कार्यको योजना बन्ला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। व्यापार व्यवसायमा उन्नति नै देखिन्छ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
मकर: आज बहुप्रतीक्षित काममा सफलता हात पर्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लामो समयदेखिका बाधा स्वत: फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। कुनै कारणवश रोकिएको कामले गति लिनेछ। अग्रजसँग सुझाव लिने। उत्तर दिशा नजाने।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।
कुम्भ: पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। रमणीय र सुखद यात्रा होला। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आजको मन्त्र- कर्मशीलता नै सबैभन्दा ठूलो पुँजी हो। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।भाग्यशाली रङ घ्यू रङ र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
मीन: भ्रमण तथा खानपान खर्च बढ्नेछ। फजुल खर्च पनि होला। मन खिन्न हुने स्थिति आउनेछ। एलर्जी वा चिसोले असर गर्न सक्छ। मन भावुक र उत्ताउलो बन्नेछ। धार्मिक आस्थामा मन जानेछ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ।

