चितवन । चितवनको खैरहनी नगरपालिका देशभरका पालिकाहरुमध्ये दोस्रो उत्कृष्ट पालिका भएको छ । आर्थिक वर्ष २०८०/८१ मा भएको कार्यसम्पादन अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा)मा देशैभरीको पालिकाहरुमध्ये खैरहनी नगरपालिका दोस्रो स्थानमा पर्न सफल भएको हो ।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा संघीय मामिला मन्त्री भगवती न्यौपानेले खैरहनी नगर प्रमुख शशी कुमार खनियालाई दोसल्ला ओढाई प्रशंसा पत्रले सम्मान गरिन । सम्मान ग्रहणमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद सापकोटा पनि उपस्थित थिए ।

