चितवन । रत्ननगर सुनचाँदी महिला समूहको आयोजनामा तीज विशेष कार्यक्रम गरिएको छ । समूहकी अध्यक्ष निशा घामल्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा स्वागत गरिएको थियो।
कार्यक्रममा रत्ननगर सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्षहरू घनश्याम सेन्चुरी, शम्शेर घामल्य, प्रेम खाती र नरेन्द्र गौतमलाई सम्मान गरिएको थियो। यस्तै, कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू नोयल घमाल, प्रिन्स सुनार, प्रसुना सेन्चुरी र आर्यन गहतराजलाई पनि सम्मान गरिएको थियो। साथै, रत्ननगर सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरिएको थियो।
कार्यक्रममा रत्ननगर वडा नं. २ का वडासदस्य राधा विश्वकर्मा, मेलमिलाप सदस्य विमला बिक, रत्न आभूषण महासंघका तृतीय उपाध्यक्ष प्रेम खाती, रत्ननगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष दीपक सेन्चुरी, जिल्ला सल्लाहकार शम्शेर घामल्य, पूर्वअध्यक्षहरू घनश्याम सेन्चुरी र नरेन्द्र गौतम, वरिष्ठ उपाध्यक्ष ज्ञानमणी सदाशंकरलगायतको उपस्थिति रहेको थियो।

