चितवन। नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख शालिग्राम लम्साललाई कालोमोसो दलेको आरोपमा नेकपा बहुमत चितवनका सेक्रेटरी ध्रुव खड्का पक्राउ परेका छन् ।
कालोमोसो दल्न पुगेका व्यक्तिले छाडेको प्रचारका आधारमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितनवका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।
मंगलबार बहुमतका कार्यकर्ताले लम्सालको कार्यकक्षमा नै पुगेर कालोमोसो दलेका थिए । उनीहरुले छाडेको प्रचामा कित्ता काट गर्दा मोटो रकम लिने गरेको, कित्ताकाट गर्न नमिल्ने जग्गालाई भूमाफियासँग मिलेर गर्ने गरेको, सेवाग्राहीबाट विभिन्न शिर्षकमा रकम लिएको र कार्यालय समयभन्दा ढिलो कार्यालय आउने गरेको उल्लेख गरिएको छ ।

