चितवन । माडीको भैरवपुरस्थित धान खेतमा गैंडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले सो धान खेतका कृषकलाई पक्राउ गरेको छ ।
धान खेतलाई जंगली जनावरबाट बचाउन खेत वरपर जि.आई. तारले घेराबार गरेका कृषक, माडी नगरपालिका-२, भैरवपुर निवासी हरिभक्त श्रेष्ठलाई निकुञ्ज प्रशासनले पक्राउ गरेको हो । गैंडा मरेको धानखेत कृषक श्रेष्ठको नीजि स्वामित्वको जमीन हो र सो खेत निकुञ्जको सीमाभन्दा २.५ किलोमिटर टाढा मानव बस्ती क्षेत्रमा रहेको छ ।
बिहान करिब १०:३० बजे गैंडा मृत अवस्थामा गैँडा भेटिएको थियो । निकुञ्जका पशु चिकित्सक र प्राविधिकहरुले बुधबार नै गैंडाको खाग र खुर काटेर पोष्टमार्टम गरी खाडलमा गाडेर अन्त्येष्टी गरेका छन् ।

