मेष: रमाइलो र सुखद यात्राको योग छ। रोजगारी, डाटा वा व्यवस्थापनसम्बन्धी काममा प्रशंसा मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। धन कमाउने नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।
वृष: जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। दाजुभाइसँग वैचारिक तालमेलको अभाव रहनेछ। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। शुभकार्यको चर्चा चल्नेछ। बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।भाग्यशाली रङ घ्यू रङ् र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ।
मिथुन: धार्मिक कार्यमा सहभागी भइनेछ। प्रेम सम्बन्धको सुरुआत सम्भव छ, तर यसमा सन्तुलन भने कायम गर्नुपर्छ। घरपरिवारबाट सहयोग मिल्नेछ। सही समयमा सही निर्णय लिन सकिनेछ। शुभकार्यमा सरिक भइनेछ। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।
कर्कट: आफ्नै दक्षतामा विभिन्न कामहरू सम्पन्न हुनेछन्। फोटोग्राफी, लेखन र आध्यात्मिक चिन्तनमा रुचि बढ्नेछ। नजिकका मानिसहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
सिंह: प्रतिशोध, रिस र उत्तेजनामाथि नियन्त्रण गर्नु राम्रो हुनेछ। प्रेमी-प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। अरूको वचन टार्न नसक्दा दुःख पाइनेछ। सम्बन्धमा क्षमा माग्ने आँटले धेरै समस्या हल हुनेछ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
कन्या: दुईवटा सोचबीच अल्झिन सक्ने सम्भावना छ। सोचेअनुसार काम नबन्नाले दिक्क लाग्नेछ। प्रेमी, आफन्त तथा साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुन सक्छ। औषधि उपचारमा खर्च बढ्न सक्छ। बेलुकीपख भने हौसला र उत्साह मिल्नेछ। विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ।
तुला: नयाँ सोचका साथ नयाँ कामको सुरुआत होला। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। विदेशबाट शुभ समाचार आउन सक्छ। नयाँ भेटघाटले जीवनमा नयाँ रङ ल्याउनेछ। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।भाग्यशाली रङ घ्यू रङ् र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।
वृश्चिक: कसैलाई क्षमा गर्नु आजको सबैभन्दा ठूलो जित हुनेछ। रोकिएको धन हात पर्ला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला। व्यापारबाट धन लाभ हुनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरसक लामो यात्रा नगर्ने।भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।
धनु: सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। रोकिएका काम पुनः सुचारु हुनेछन्। घर, जग्गा खरिद तथा बिक्री हुन सक्छ। प्रेम सम्बन्धमा मिठास आउँछ। तपाईँको मनको कुरा आत्मीयजनले बुझ्नेछन्। लक्ष्मी प्रसन्न हुने योग छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।
मकर: अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्न सक्छ। सोचेअनुसार काम नबन्नाले दिक्क लाग्नेछ। पाचन प्रणालीमा समस्या आउन सक्छ। तसर्थ, खानपानमा सन्तुलन आवश्यक छ। आफन्तले दिल खोलेर सहयोग गर्नेछन्। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।
कुम्भ: सकारात्मक सोचले भरिपूर्ण हुने दिन परेको छ। स्थान परिवर्तनको योग पनि छ। आजको श्रमबाट पछिका लागि फाइदा पुग्न सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। सेयर बजारबाट पनि राम्रो आम्दानी हुन सक्छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
मीन: कला, डिजाइन वा फेसनमा काम गर्नेहरूका लागि दिन राम्रो छ। पढाइमा अनुशासित भएर लाग्नुपर्ने देखिन्छ। खर्च बढे पनि राम्रो आम्दानी हुँदा बचत पनि हुनेछ। प्रेम सम्बन्ध फस्टाउनेछ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।

