काठमाडौ । दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको एउटा र राष्ट्रिय सभाको एउटा समितिको बैठक बस्न लागेको हो।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गिरिबन्धु टी स्टेट र घर वा आवास इकाइ (अपार्टमेण्ट) का प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची छ।
त्यसैगरि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। यो बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची छ।

