चितवन । गायिका रन्जु काफ्लेको बहुप्रतीक्षित गीत ‘हातैमा छिन छिन चुरी हरिया’ युट्युबमा सार्वजनिक भएको छ। यो गीत ए टु स्टुडियो चितवनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार रिलिज गरिएको हो।
गीतमा रन्जु काफ्लेको मिठासपूर्ण स्वर रहेको छ भने शब्द र सङ्गीत जी.बी. सुनारको रहेको छ। सङ्गीत संयोजन र रेकर्डिङको जिम्मेवारी किशोर तिवारीले सम्हालेका छन् भने मिक्सिङ डिका गुरुङले गरेका छन्।
यो गीतको म्युजिक भिडियोको निर्देशन किशोर तिवारीले गरेका छन्। छायाङ्कन र सम्पादन आयुष सिग्देलले गरेका छन् भने सह-छायाङ्कनमा सागर आलेले साथ दिएका छन्। भिडियोको कोरियोग्राफी मल्लिका थापाले गरेकी छन्। सौन्दर्य साजसज्जामा ज्योती घले र सपना छेत्री घोषले योगदान दिएका छन्।
म्युजिक भिडियोमा सपना गुरुङ, मनस्विनी किरण शाह, अनन्या किरण शाह, युनिका गुरुङ, रिया थापा मगर, लतिका गुरुङ र साहारा भुजेलले नृत्य र अभिनयमार्फत गीतलाई जीवन्त बनाएका छन्।
‘हातैमा छिन छिन चुरी हरिया’ ले नेपाली लोकसङ्गीतको परम्परालाई आधुनिक प्रस्तुतिसँग जोडेर दर्शक र स्रोतामाझ नयाँ स्वाद पस्कने अपेक्षा गरिएको छ। गीतले छोटो समयमै दर्शकको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।

