चितवन। पूर्वी चितवनको खैरहनीमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।सोमबार राती भएको सवारी दुर्घटनामा परी पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका– ११ का ३१ वर्षीय राम अवतार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राती ८ बजे खैरहनी नगरपालिका– १ शाहीचोकमा ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा रातीनै मृत्यु भएको हो । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

