काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ ।
अख्तियार स्रोतका अनुसार ‘उनलाई उपस्थित हुनु भनेर आयोगमा बोलाइएको हो, अनुसन्धान टोलीले उनीसँग सोधपुछ गर्नेछ ।’ सोही क्रममा उनको आवाजको नमुना पनि लिने योजना अख्तियारको छ । तर, कहिले, कुन मितिमा बोलायो भन्नेबारे अख्तियारले आधिकारिक पुष्टि भनेको गरेको छैन ।
गतसाता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवाबारे विचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ताबीचको अडियो बाहिरिएको थियो ।

