दाङ। दाङको लमहीमा आफ्नै गाडीले किचेर एक युवाको ज्यान गएको छ ।
लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेश कुमार बानियाको आज बिहान गाडीको चपेटामा परेर मृत्यु भएको हो ।
बानियालाई आफ्नै घरअगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीले किचेको प्रहरीले जनाएको छ ।
बिहान करिब ६ बजेतिर गाडीको टायरमा राखिएको ओट हटाउने क्रममा गाडी ब्याक हुँदै आफैं गुड्न थालेको थियो ।
गाडिको पछाडी रहेका उनको च्यापिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
गाडीले किच्दा गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
हाल मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

