चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरेको ‘एक दिन, एक युनिट : एक कार्यक्रम’ नामक अभियान आज पनि सफलतापूर्वक सम्पन्न गरेको छ।
साउन ३ गते, जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएका टोलीहरूले जिल्लाका विभिन्न स्थानहरूमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका थिए।
कार्यक्रमको दौरानमा लागुऔषध दुव्र्यसन न्यूनीकरण, चोरी–डकैती नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा जंगली जनावरबाट हुने क्षति न्यूनीकरण सम्बन्धी विषयहरूमा स्थानीय समुदायलाई विभिन्न स्थानहरूमा पुगेर जानकारी प्रदान गरिएको थियो।
यस प्रकारका कार्यक्रमहरूले प्रहरी र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने, सुरक्षाका चुनौतीहरू समाधान गर्न सहयोग पुर्याउने तथा अपराध न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ ।

