चितवन । चितवनको कालिका नगरपालिकाले यस आर्थिक वर्ष २०८२/०८३ को प्रथम करदाताहरूलाई सम्मान गरेको छ ।
आज साउन १ गते वडामै पुगी आर्थिक वर्ष २०८२/०८३ काे व्यवसायिक कर तिर्ने कालिका वडा नं. २ का ३ जना प्रथम करदाताहरूलाई दाेसल्ला ओढाई बिहीवार सम्मान गरेको हो । कालिका वडा नं. २ काे प्रथम करदाता सम्मान कार्यक्रममा कार्यवाहक नगर प्रमुख बिमला तामाङ प्रमुख अतिथि रहनुभएको थियाे ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख तामाङ, नगरका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेलले कवि किराना एण्ड खाजा घरका विकास कोईराला, दिलिशा ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी लक्ष्मी देवकोटा, निकेश कृषि फर्मका नारायण प्रसाद चालिसेलाई उत्कृष्ट असल करदाताकाे स्टिकर प्रदान गरी दाेसल्लाले सम्मान गर्नुभयाे ।
कार्यक्रममा वडा सदस्य चित्र वहादुर भण्डारी, शान्ति महताे, चन्द्र रेखा वि.क, बेली कुमारी गुरुङ, वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवाल, राजस्व उपशाखा प्रमुख नारायण प्रसाद अधिकारी, वडा नं. २ की सचिव सृजना पाैडेल लगायतकाे सहभागिता रहेकाे थियाे ।


