चितवन । ‘चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ’ भन्ने उद्धेश्यले सौराहामा रहेको वर्ड एजुकेशन सोसाईटी चितवनले खैरहनी- ८ पर्सामा रहेको ग्लो साईन एकाडेमीमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूलाई शनिवार बीसहजारी ताल र भरतपुर महानगरको बाटुली पोखरीमा चरा अबलोकन गराएकोछ ।
चरा संरक्षण गर्ने उद्धेश्यले सोसाईटीले हरेक शनिवार फरक फरक स्थानहरूमा चरा अवलोकन कर्ता तथा विद्यार्थीहरूलाई चरा अवलोकन गराउँदै आएको छ । विभिन्न विद्यालयहरुमा पुगी सोसाईटीले चरा संरक्षण सम्बन्धी सचेतना फैलाउदै आएको सोसाईटीका अध्यक्ष बिजय गिरीले जानकारी दिए ।
सोसाईटीका पूर्व अध्यक्ष टेक वहादुर गुरुङ, सदस्य शीरलाल परियार, नेचर गाईड अनिल महतो, रोजन सुवेदी लगाएतले विद्यार्थीहरुलाई चरा अवलोकन गराएका थिए । चरा अवलोकन गराए पश्चता नेचर गाईडहरुले देखिएको चराहरुको लिष्ट उपलव्ध गराएको सदस्य परियारले बताए ।
बर्ड एजुकेशन सोसाइटीले यस क्षेत्रमा नियमित रूपमा चरा अवलोकन र जागरूकता कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको छ। जसले यस क्षेत्रको चराहरूको संरक्षण र महत्वलालाई प्रवर्द्धन गर्दछ।
अर्को हप्ताको चरा अवलोकन आगामी शनिबारको लागि तय गरिएको छ साथै स्थानबारे चाडै सुचना गरीने र उत्साहीहरूलाई नयाँ क्षेत्रको चरा अन्वेषण गर्न आमन्त्रित गरिने सोसाईटीले जनाएकोछ ।

