चितवन। पुर्बी चितवनको मध्यवर्ती कुमरोज सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट एक स्थानीय पुरुषको मृत्यु भएको छ। मृतक खैरहनी नगरपालिका–१३ सिमरेनी निवासी अन्दाजी ६० वर्षीय मगर बुढा रहेका छन्।
स्थानीय पत्रकार रामेश्वर रिजालका अनुसार मगर बुढा बिहान घाँस काट्न जंगल गएका थिए। त्यही क्रममा बाघले आक्रमण गर्दा घटनास्थलमै उनको ज्यान गएको हो। मृतकको शव अझै पनि जंगलमै रहेको र बाघ छेउमै बसिरहेको जानकारी उनले दिएका छन्। शव उद्धारका लागि प्रहरी टोलीसहित हात्तीसमेत परिचालन गर्ने तयारी गरिएको छ ।
कुमरोज क्षेत्रमा पनि यस्ता बाघ लगायतका जंगली जनावरको आक्रमणबाट स्थानीयको मृत्यु हुने घटना दोहोरिँदै आएका छन्।

