चितवन। पूर्वी चितवनको रत्ननगर-७, पडेरियास्थित बूढीराप्ती नदीमा बिहीबार एक बालक बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा रत्ननगर-१५, माधवपुर निवासी १५ वर्षीय अनमोल लम्साल बेपत्ता भएका हुन् ।
रत्ननगर-७, पडेरियास्थित मामाघर गएका लम्साल नदीमा पौडी खेल्न गएका थिए । दिउँसो २ः०० बजे बेपत्ता भएका लम्साल बिहीबार बेलुकी अबेला सम्म नभेटिएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख डिएसपी रन्जन अवाले जानकारी दिए । उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

