चितवन । नेकपा माओवादी केन्द्र रत्ननगर तथा सहायक संगठन वाइसीएल नेपालको संयुक्त आयोजनामा रत्ननगर–११ जिरौनामा वृक्षारोपण कार्यक्रम गरिएको छ।
कार्यक्रममा पार्टी इन्चार्ज सुबोध, नगर अध्यक्ष मेघनाथ पौडेल, उपाध्यक्ष गणेश पौडेल,सचिब मोहन भट्टराई,श्याम सुन्दर बास्तोला , रत्ननगर वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुबेदी तथा वाइसीएल रत्ननगर अध्यक्ष उदय भण्डारी लगायत नेताहरूको उपस्थितिमा सयौं सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोपेका हुन्।
वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको माओवादी केन्द्र रत्ननगरका सचिव मोहन भट्टराईले जानकारी दिए। कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।


