चितवन । बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका– २९ स्थित त्रिशुली नदी किनारमा मङ्गलबार राति भेटिएको छ । रसुवाबाट बाढीले बगाएर ल्याएको प्रहरी सहायक निरीक्षकको शव चितवनमा भेटिएको हो ।
श्रेष्ठ भोटेकोशीमा आएको बाढीका कारण मङ्गलबार बिहानबाट बेपत्ता भएका थिए । बाँया खुट्टामा बुट रहेको, दाईने खुट्टाको घुडादेखि तलको भाग नभएको अवस्थामा श्रेष्ठको शव भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ बस्ने ४२ वर्षीय प्रहरी सहायक निरीक्षक श्रेष्ठ प्रहरी चौकी हाकु रसुवा दरबन्दी भइ हाल ईलाका प्रहरी कार्यलय टिमुरे रसुवामा कार्यरत थिए ।

