चितवन। भरतपुर महानगरपालिका वडा नम्बर २ मा कपाल काट्ने तालिम सम्पन्न भएको छ । वडामा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको छ ।
वडाले युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्य सहित २२ दिनसम्म कपाल काट्ने आधारभुत तालिम दिएको हो ।
तारा व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको सहकार्यमा पहिलो चरणमा ८ जना युवाहरुलाई तालिम दिईएको अध्यक्ष मनोज रानाभाटले जानकारी दिनुभयो ।
‘हामीले देशमै केही गरौं भन्ने युवालाई लक्षित गरी तालिम दिएका हौं, यसले त्यस्ता युवाहरुको परिवारलाई आयआर्जनमा जोड्न पनि मदत पुग्छ ।’अध्यक्ष रानाभाटले भन्नुभयो ।

