चितवन। कोरोनाका कारण बन्द रहेको पटिहानी स्थित अम्ब्रेला स्ट्रिट पुनः सञ्चालनमा आएको छ। आन्तरिक पर्यटकहरुलाई घुम्न तथा मनोरञ्जन दिलाउने उद्धेश्य सहित पुनः संचालन गरिएको अम्ब्रेला स्ट्रिट सञ्चालन तथा व्यस्थापन समितिले जानकारी दिएको छ।
चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने वडा.नं २२ पटिहानी अन्र्तगत संचालित अम्ब्रेला स्ट्रिट केही समयअघि देखि कोभिड–१९ तथा यस्का नयाँ भेरियण्टहरुको कारण बन्द गरिएको थियो । संक्रमणको जोखिम कम हुदै गएपनि सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भरतपुर महानगरले दिएको आदेश अनुसार आज असोज १३ गतेबाट सञ्चालनमा आएको हो ।
अम्ब्रेला स्ट्रिट संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ तिवारीले अम्ब्रेला स्ट्रिटमा अधिकांश पुरानो छाता र फेर्नु पर्ने भएको छाता फेरेर केही मर्मत संभार, रंग रोगन गरी सञ्चालनमा ल्याइएको बताए।
वडा.नं २२ पटिहानीका वडा सचिव नवराज खनालले समयमै अम्ब्रेला स्ट्रिट सञ्चालनमा ल्याउन सकेकोमा आफु खुशी रहेको बताउदै अबका दिनमा पनि महानगर र अम्ब्रेला स्ट्रिट संचालन तथा व्यवस्थापन समितिसँग महानगरको निर्देशन बमोजिम समन्वय गर्ने बताए।

