चितवन। एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको हो ।
गत वर्षको चैत सात गतेदेखि सुरु भएको एसईई परीक्षामा ४ लाख ९९ हजार १८३ जना विद्यार्थी सहभागी भएका थिए । जसमा नियमित तर्फ ४ लाख ३१ हजार ४६६ जना रहेका थिए भने ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना रहेका थिए।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष भन्दा धेरै विद्यार्थी ग्रेडमा समाबेश भएका तथ्यांकले देखाएका छ । गत वर्ष एसईई परीक्षामा ४७ प्रतिशत विद्यार्थी मात्र ग्रेडमा समावेश भएका थिए।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ४८ हजार १७७ जना विद्यार्थी ३.६ दिखि ४ जिपीएमा समाबेश गरेका छन्। भने ८१ हजार ३५५ जना विद्यार्थी ३.६ देखि ४ जिपीएमा समाबेश गरेका छन् । त्यस्तै ९९ हजार १२४ जना ८१ हजार ३५५ जना ३.२ देखि ३.८ जिपीएमा, ९९ हजार १२४ जना २.८ देखि ३.२ जिपीएमा, ४८ हजार ४७९ जना २.५ देखिन २.८ जिपीएमा, ४ हजार १२६ जना २ देखि २.४ जिपमा र ८ जना विद्यार्थी १.६ देखि २ जिपीएमा समाबेश गरेका छन्। भने १२६ जना परिक्षार्थिको परीक्षा रद्द भएको थियो ।
१ लाख ६७ हजार ५९७ जना अवर्गीकृत परिक्षार्थीले पनि एसईई परिक्षा दिएका थिए ।
माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेड भएका विद्यार्थीहरुले साउन २९ गतेदेखि मैका परिक्षा दिन पाउने भएका छन् ।राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडेेड सम्पूूण विद्यार्थीहरुले मैका परीक्षा दिन पाउने जनाएको छ।

