काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ।
बिहीबार प्रतितोला तीन सय रूपैयाँले बढेको सुनको भाउ आज प्रतितोला दुई हजार नौ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँ पुगेको थियो।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार चाँदी प्रतितोला दुई हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

