चितवन । चितवनमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१८, गाजीपुरका ५२ वर्षीय आयुमान तामाङसहितका व्यक्तिहरू छन् ।
तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (असार ६) दिउँसो उनीहरूलाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा ले जानकारी दिएको छ ।
उनीहरूलाई नगद ३३ हजार ९६० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

