चितवन । सौराहाका पर्यटन व्यवसायी सुमन घिमिरेले लेखेको “हाम्रो सौराहा, आहा राम्रो सौराहा” बोलको नयाँ गीतको भिडियो छायांकन आज बाट सुरु गरिएको छ।सौराहालाई विश्वमाझ चिनाउने उद्देश्यले तयार गरिएको गीतको रत्ननगरको चित्रसेन बाबा मन्दिरमा पुजा गर्दै भिडियोको छायांकन शुभारम्भ भएको हो ।
“हाम्रो सौराहा, आहा राम्रो सौराहा” बोलको यो गीतले सौराहाको पर्यटकीय सम्भावनालाई उजागर गर्ने अपेक्षा गरिएको छ।गीतमा चर्चित गायिका समीक्षा अधिकारी र गायक अर्जुन पोखरेलको स्वर रहेको छ भने सङ्गीत पनि अर्जुन पोखरेलले नै दिएका छन्।
गीतको लेखन सुमन घिमिरेले गरेका छन्। भिडियोको निर्देशन किशोर चौधरीले गरेका छन् भने छायांकन कोमल चन्द्र भगत र सन्तोष सुनारले गरेका छन्। ड्रोन छायांकन अंकित भगतले सम्हालेका छन् भने सम्पादन अकितले नै गर्ने छ्न । पुजन लामिछाने मुख्य सहायक निर्देशकको भूमिकामा छन्।

सौराहाका रमणीय पर्यटकीय स्थलहरूमा छायांकन गरिएको यो भिडियो चाँडै बजारमा ल्याउने तयारी छ। गीत निर्माण र भिडियो उत्पादनमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल, सौराहा( रेवान) ,क्षेत्रीय होटल संघ नेपाल, चितवन (हान), नेपाल पर्यटन बोर्डलगायत दर्जनौं पर्यटनसँग सम्बन्धित संस्थाहरूले सहयोग गरेका छन्।गीतमा सौराहा र आसपासका रमणीय स्थलहरूको गरिमा र महत्त्वलाई उजागर गरिएको छ। यसले सौराहाको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।


