काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको छ । शनिबार बिहान बसेको केन्द्रीय समिति बैठकले बुर्लाकोटीलाई कार्यबाहकबाट हटाएर महामन्त्रीको जिम्मेवारी दिएको हो ।
संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेपछि उनलाई कार्यबहाक महामन्त्री बनायएको थियो ।
यसैगरी, मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । कार्यबाहक प्रवक्ताबाट हटाएर उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ ।
यसअघि शुक्रबार निर्वाचन आयोगले रास्वपाको महामन्त्रीका रूपमा मुकुल ढकालकै विवरण रहेको जानकारी दिएको थियो । पार्टीको साधारण सदस्य समेतबाट हटाइएका डा. ढकालले आयोगसँग विवरण माग गरेका थिए। जवाफमा आयोगले यस्तो जवाफ दिएको हो ।

