काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो १ सय ६० ग्राम सुनसहित एक जना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ५३ वर्षीया खेमानी मिना सिंह छिन् ।
दुबईबाट एयर अरेबियाको विमान आएकी उनलाई मङ्गलवार राति पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
अर्धठोस अवस्थाको सुन बरामद गरेर विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी राठौरले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो १ सय ६० ग्राम सुनसहित एक जना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ५३ वर्षीया खेमानी मिना सिंह छिन् ।