चितवन। गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ । भोलि २८ गतेदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म विद्यालयहरुमा सार्वजिक बिदा दिने निर्णय भएको हो ।चितवनमा आजको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस हाराहारी रहेको छ ।
महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले यसअविधमा बालबालिकाहरुलाई दिउँसोको समयमा घरबाहिर हिडडुल नगर्न, नदी पोखरीहरुमा पौडी खेल्न नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन अभिभावकहरुमा अनुरोध समेत गर्नुभयो ।


