चितवन। जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले भरतपुर महानगर खेल्कुद बिकास समितिका सदस्य दिपेन्द्र पन्डितलाइ गालीगलोज गर्दै धम्की दिएका छन् । फेसबुक स्टाटसमा कमेन्ट गरेकै भरमा उन्ले रातको साढे १० बजे फोन गर्दै सुन्नै नसक्ने शब्द प्रयोग गरी दिपेन्द्रलाई धम्की दिएका हुन् ।
फोन रेकर्ड सुनाउदै दिपेन्द्रले भने मेरो आदरणीय दाइ हो हजुर, मैले कुन स्टाटसमा तपाइँको बारेमा लेखे थाहा छैन भन्दा भन्दै मलाई राजन दाइले आम मान्छेले सुन्नै नसक्ने शब्द प्रयोग गर्दै झन बढी उत्तेजनामा आएर गालिगलौज गर्दै धम्की समेत दिनुभयो । त्यस्को १५/२० मिनट पछि मेरो घरमा आएर केही अपरिचित ब्यक्तिले ढुङ्गा समेत हानेका छन् जिल्ला अध्यक्षबाटै हामी असुरक्षित हुनुपर्ने अवस्था रहेको उनी बताउछन् ।
आफूलाई असुरक्षित भएको महसुस हुदा महानगर खेलकुद बिकास समितीका अध्यक्ष बिकास श्रेष्ठको रोहबरमा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएको उनी बताउछन् ।
घटनाका बिषयमा महानगर खेलकुद बिकास समितीका अध्यक्ष बिकास श्रेष्ठले भने खेल भनेको अनुशासन हो खेलकुद बिकास समितिको अध्यक्षबाट यस्ता खालका अपशब्द प्रयोग गरि गालिगलोज गर्दै धम्की आउनु अत्यन्तै दुखलाग्दो कुरा रहेको बताए । उनी भन्छन् सामाजिक संजालमा आउने सानातिना बिषय बस्तुलाइ लिएर धम्किपुर्ण भाषा प्रयोग हुनु राम्रो होईन ।
यसैबीच जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले भरतपुर महानगर खेलकुद बिकास समितिका सदस्य दिपेन्द्र पन्डितलाइ गालीगलोज गर्दै धम्की दिएको प्रती योङ कम्युनिस्ट लिग नेपालजिल्ला समन्वय समिति, चितवनले भर्त्सना गरेको छ ।
समितिले आज एक बिज्ञप्ती जारी गर्दै जेठ १८ गते राती फेसबुक स्टाटसमा कमेन्ट गरेको भन्दै अध्यक्ष राजन कार्कीले सदस्य दिपेन्द्र पन्डितलाइ गालीगलोज गर्दै धम्की दिएको प्रती भर्त्सना गरेको हो ।
संयोजक दुर्लभ शाही (रूपक) स्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, की पण्डित माथि फोन मार्फत गालि गलौज तथा धम्कीपूर्ण भाषा प्रयोग गरि केहि व्यक्तिहरुद्वारा निजि निवासमै आई सांघातिक आक्रमणको प्रयास भएको हुँदा यस्ता गतिविधि गर्ने गराउने प्रति योङ कम्युनिष्ट लिग नेपाल चितवन घोर भर्त्सना गर्दछ ।
उक्त घटनामा संलग्न अराजकहरुलाई अविलम्ब कानुनी कारवाहीको लागि प्रशासनको गम्भीर ध्यान आकर्षण गराउदछौं जारी बिज्ञप्तिमा भनिएको छ ।


