चितवन । रत्ननगर उद्योग बाणिज्य संघले जिल्लाका नयाँ प्रहरी प्रमुखलाई स्वागत गर्दै सुरक्षाका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
संघले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रहरी उपरीक्षक गोविन्द पुरीलाई स्वागत गर्दै व्यवसायिक सुरक्षाका विषयहरुमा अन्तरक्रिया गरेको हो । संघका अध्यक्ष शंकर गिरीले प्रहरी उपरीक्षक पुरीलाई स्वागत गर्दै व्यवसायिक सुरक्षाको लागि सहकार्य गर्न आग्रह गरे ।
कार्यक्रममा जिल्लाको सुरक्षा अबस्था सहित लागु औषध दुव्र्यशनी, ट्राफिक व्यवस्थापन, वजार व्यवस्थापन तथा उद्योगी र व्यवसायीहरुले झेल्दै आएको समस्या र त्यसको सामधानको विषयमा छलफल गरिएको संघका अध्यक्ष गिरीले जानकारी दिए । सो अबसरमा उनले व्यवसायिक सुरक्षाका लागि प्रहरी प्रशासनसंग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक पुरी समग्र जिल्लाको सुरक्षामा ध्यान केन्द्रीत गर्ने व्यवसायिक सुरक्षाका लागि निजी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । संघका पूर्व अध्यक्ष एवं नेउवा महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले कोरोना पछि निजी क्षेत्र संकटमा परेको बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख रञ्जन अवा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गायत्रीराज शर्मा, संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्व अध्यक्षहरु नारायणकाजी श्रेष्ठ, राजाराम रेग्मी, ज्ञानबहादुर विसुराल लगायतले मन्तव्य राखेका थिए ।
संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेका कार्यक्रममा महिला उद्यमीहरु गिता शिखंडा, रन्जना श्रेष्ठ , विन्दु शर्मा, पूर्वी चितवन डिलर एशोसियसनका अध्यक्ष बद्रि प्रसाद आचार्यले शान्तिसुरक्षाका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रम संघका महासचिव उपेन्द्र शर्मा आचार्यले संचालन गरेका थिए ।

