काठमाडौं । काठमाडौंको नागढुंगामा कुटपिटमा संलग्न प्रहरी कर्मचारीहरू कारबाहीमा परेका छन् ।
उक्त कार्यमा संलग्न दुवैलाई अहिलेको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालले बताए।ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ बुधबार दिउँसो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
भिडिओ सार्वजनिक भएपछि दुवैलाई प्रधान कार्यालय बोलाइएको थियो ।
लगत्तै उनीहरूलाई जिम्मेवारीबाट हटाएर अहिले छानबिनको प्रक्रिया अघि बढाइएको खनालले जानकारी दिए ।उक्त विषयमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

