चितवन । ‘बुक फ्रि डे’ अन्तर्गत रत्ननगर- १० मा रहेको प्यारागन सेकेन्डरी स्कुलमा अध्ययनरत कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई वर्ड एजुकेशन सोसाईटीले बुधवार बिसहजारी ताल र भरतपुर महानगरको बाटुली पोखरीमा चरा अबलोकन गराएकोछ ।
चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले वर्ड एजुकेशन सोसाईटीले बुधवार विद्यार्थीहरूलाई चरा अवलोकन गराएको हो । वर्ड एजुकेशन सोसाईटीले हरेक शनिवार फरक फरक स्थानमा चराहरु अबलोकन गराउदै आएकोछ । विभिन्न विद्यालयहरुमा पुगी सोसाईटीले चरा संरक्षण सम्बन्धी सचेतना फैलाउदै आएको छ ।
गत वर्षदेखि प्रत्यक महिनाको अन्तयमा नर्शरी देखि कक्षा १० सम्मका विद्यार्थीलाई ‘बुक फ्रि डे’ गराउदै आएको प्यारागन बिद्यालयले सोही अन्तर्गत यो वर्षको पहिलो कार्यक्रम अन्तर्गत बिसहजारी ताल र बाटुली पोखरीमा चरा अबलोकन गराईएको बिद्यालयका सह-प्राचार्य ओम राज आचार्यले जानकारी दिए ।
चरा अवलोकन गराए पश्चता नेचर गाईडहरुले देखिएको चराहरुको लिष्ट उपलव्ध गराएको सोसाईटीका सदस्य शीरलाल परियारले जानकारी दिए । अब आउने शनिवार वर्ड एजुकेशन सोसाईटीले चितवनको उपरदाङगढीमा चरा अवलेकन गराउने कार्यक्रम रहेको उनले बताए ।
वर्ड एजुकेशन सोसाईटीका सचिव प्रकाश चापागाई, कोषाध्यक्ष चन्द्रमणी गौली, सदस्य शीरलाल परियार, दिपक चौधरी लगाएतले विद्यार्थीहरुलाई चरा अवलोकन गराएका थिए ।

