चितवन । देवघाट र ठिमुरा जंगलमा हावाहुरीको कारण रुखले च्यापिएर विजुलीका पोलहरु ढलेपछि विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ ।
देवघाट, ठिमुरा, दासढुङ्गा, सत्रकिलो, बाङेसाल, कापे, मायाटार र आसपासका क्षेत्रमा मंगलबार बेलुकीदेखि विद्युत ठप्प छ ।
यी स्थानमा विद्युत सुचारु गर्न आज दिनभर लाग्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले बताएको छ । मर्मत कार्य सुरु भइसकेकाले बेलुका ४ बजेसम्म विद्युत पूर्ण रुपमा सुचारु गर्न सकिने भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर रामु श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, औद्योगिक–३ को लाइनमा देखिएको फल्ट पत्ता लगाई मर्मत कार्य सुरु गरिएको उनले बताए ।

