चितवन। नारायणगढ– मुग्लिन सडक अवरुद्ध बनेको छ ।
आज विहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित तुईनखोलामा बिरगन्जबाट काठमाडौँ तर्फ गइरहेको (कोइला लोड) भएको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकमा पल्टिदाँ दुबै तर्फ सडक अवरुद्ध बनेको हो । मानविय क्षती भने नभएको मुग्लिन प्रहरीले जनाएको छ ।
ट्रक हटाई बाटो खुलाउने पहल भई रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

