गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुग्नुभएको छ। प्रचण्डले यहाँ सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्नुभएको छ।
भोलि बैशाख १२ गते बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको छ।





