चितवन। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केरा जोन संचालक समन्वय समिति चितवनको संयोजकमा विष्णुहरी पन्त चयन भएका छन्।
समन्वय समितिको भरतपुरमा बसेको बैठकले पन्तको संयोजकत्वमा समिति गठन भएको हो। समितिको उप-संयोजकमा विश्वास अर्याल, सचिवमा हरि कुमार पाठक,सह-सचिवमा लक्ष्मी खनाल, सदस्यहरुमा श्याम राज क्षेत्री,नेत्र प्रसाद रेग्मी,कल्पना बस्नेत,डोलनाथ दाहाल र सरला भन्तना रहेका छन्।

