मकवानपुर । मकवानपुरले अन्दाजी तीनहजार वटा विरुवा गरी नष्ट गरेको छ । आज पौने ४बजे प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले उक्त परिमाणका विरुवा नियन्त्रणमा लिएको थियो ।
मकवानपुर प्रहरीका अनुसार राक्सिराङ गाउंँपालिका वडा नम्बर ३ झिल्किनी बाट पलासे तर्फ गई रहेको नम्वर नखुलेको मोटरसाइकलले प्रहरी टोलीलाई देखि मोटरसाइकलमा ल्याएको २ वटा सेतो बोरा फालेर भागेका थिए । उक्त बोरा खोलेर हेर्दा अन्दाजी तीनहजार वटा गाँजाको बिरुवाफेला पारी नष्ट गरिएको हो ।विरुवा ल्याउने व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

