चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले असोज ९ गते (भोली) शनिवार करीब ६ घण्टा बिजुली अवरुद्ध रहने जनाएको छ । केन्द्रले माडीसहित पश्चिमी चितवन क्षेत्रमा बिहान १० देखि ४ बजेसम्म बिजुली अवरुद्ध रहने जनाएको हो ।
भरतपुर महानगरपालिकाको पुल्चोकदेखि गोन्द्रेङसम्म ६ लेन् सडक आयोजनाले सडक विस्तारको लागि विद्युत लाइन स्थानान्तरण गर्ने कार्यको लागि लाइन सट-डाउनको सूचना प्राप्त भएकाले विद्युत बन्द हुने केन्द्रले पूर्वसुचना गरेको छ । यसबाट उपभोक्ताहरुमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको केन्द्रको भनाई छ ।

