चितवन । रत्ननगर वडा नं १२ स्थित जमुनापुर हेल्प सोसाइटी नेपालको अध्यक्षमा रविन्द्र जंग थापा चयन भएका छन् । मंगलबार सम्पन्न सो संस्थाको छैटौं बार्षिक साधारण सभा तथा अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा रमेशबाबु कट्टेल, सचिवमा विनोद अधिकारी, सहसचिवमा अनिता अर्याल, कोषाध्यक्षमा सुजिन्द्र बहादुर थापा र सदस्यहरुमा दीप बहादुर भण्डारी, पुनम गुरुङ, रामकृष्ण विक र विष्णुहरि पन्त चयन भएका छन् । साधारण सभा तथा अधिवेशनको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा विश्वनाथ पौडेलले उद्घाटन गरेका थिए । सो अबसरमा उनले जनतामा बढ्दै गएको निरासालाई जमुनापुर हेल्प सोसाइटी जस्ता सामाजिक संघसंस्थाले गरेको कामले आशाकी किरण जागृत गराउने बताए । उनले हेप्प सोसाइटीले गरेको कामलाई देशका अन्य ठाउँहरुमा पनि अनुसरण गरेर स्थापित गर्न सहयोग गर्ने बताए ।
कार्यक्रममा जमुनापुर हेल्प सोसाइटी नेपालको संस्थागत तथा समाजमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरिएको छ । सो संस्थाले १०५ बर्षीय मानवीर वाइवा सहित दिपेश्वर केसी, सुजिन्द्र बहादुर थापा, हरिप्रसाद अधिकारी, चन्द्रप्रसाद पौडेल, विनोद अधिकारी, अनन्त तिमल्सिना, लक्ष्मी कट्टेललाई सम्मान गरेको हो । संस्थाको नेतृत्व लिएर उद्देश्य प्राप्तीका लागि उदाहरणीय काम गरेको ठहर गर्र्दै संस्थाका अध्यक्ष थापालाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष थापाले बार्षिक प्रतिवेदन, संस्था स्थापनाको उद्देश्य तथा भावि योजना र सचिव विनोद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, संस्थाका सल्लहाकार कपिलदेव सुवेदी, कार्यक्रम संयोजक शिवराम केसी लगायतले मन्तव्य राखेका थिए ।

