चितवनका । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका पत्रकार सन्तकुमार चौधरी निर्विरोध निर्वाचित भएका छन् । संघको शनिवार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघि उनी संघको वरिष्ठ उपाध्यक्ष थिए ।
यसैगरी संघको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र महिला उपाध्यक्षमा दिप्तीशिखा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रवण चौधरीले बताए । त्यस्तै, संघको महासचिवमा हेमन्त चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा कारी महतो निर्वाचित भएका छन् ।

